Khabar Samachar

Search
Close this search box.

प्रियंका कार्कीको हरर फिल्म ‘चि मुसी चि’ पुस १५ गतेबाट प्रदर्शन हुने

202
VIEWS

हरर थ्रिलर फिल्म ‘चि मुसी चि: इभन डेड डिजायर बिलङ्गिङ’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

शुक्रबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। यो फिल्म आगामी पुस १५ गतेदेखि प्रदर्शन हुनेछ।

एमी स्टुडिओ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्टलगायत कलाकारको अभिनय छ।

यो फिल्मले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापना गर्ने निर्माता अरूण चक्रवर्तीको भनाइ छ।

फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन्। फिल्ममा नेपाली र बलिउड प्राविधिक प्रयोग गरिएको छ।

फिल्ममा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रवर्ती लगानी गरेका छन्। फिल्मको वितरण राइट्स डिसिएन र डिजिटल राइट्स ओएसआर डिजिटलले किनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित