Khabar Samachar

देउवालाई ओलीको कटाक्ष : प्रचण्डको संगतले होला बन्दुकको भाषा बोल्न थाले

209
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी ओलीले बन्दुक लिएर सीमामा जान प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको चुनौतीको जवाफ दिएका छन् । बन्दुक लिएर सीमा बचाउन जान प्रधानमन्त्री देउवाले केही दिनअघि केपी ओलीलाई चुनौती दिएका थिए ।

नेकपा एमाले जिल्ला कमिटी कास्कीले सोमबार गरेको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधनका क्रममा उनले देउवामाथि कटाक्ष गरेका हुन्।

‘हामीले हाम्रो भूमि फिर्ता ल्याउँछौँ भन्दा कोही छिमेकी रिसाउँछन् भन्ने तनाव किन लिनु? मात्रिकाप्रसाद कोइरालाले चीनतर्फ राखेका भारतीय सेनाका १७ वटा चेक पोस्ट वार्ता गरेर हटाएकै हो’, उनले भने, ‘तर देउवाजीले सीमामा गएर लडेर ल्याउने हो र भूमि भनेछन्। बन्दुकले मान्छे मार्ने मात्रै हो, प्रचण्डको संगतले होला देउवा पनि बन्दुकको भाषा बोल्न थाले।’‘हाम्रो गुमेको फिर्ता ल्याउनुपर्छ भनेँ । भोलिपल्ट देउवाजीले जवाफ दिनुभयो- भाषण गर्दैमा फिर्ता आउँछ ? बन्दुक लैजानुस् भने,’ ओलीले भने, ‘म कठैबरा भन्छु । बन्दुक लिएर होइन, कुरा गरेर शेरबहादुरजी, कुरा गरेर फिर्ता ल्याउँछौं । प्रचण्डको संगत गरेर बन्दुककै भाषण गर्न थालेछन् । बन्दुकले केही गर्दैं, तर्क तथ्यले गर्छ ।’

उनले नेपालको भूभाग भारतको नियन्त्रणमा रहेकाले वार्ता गरेर फिर्ता ल्याउने उल्लेख गरे। ‘सन् १९५२ मा उत्तरतर्फ भारतले १७ वटा चेक पोस्ट राखेको थियो। तत्कालीन कोइराला सरकारले नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाउने काम गर्नु हुने थिएन’, उनले भने, ‘हामीले चेक पोस्ट हटायौँ भने भूमि फिर्ता ल्याउँछौँ भन्दा छिमेकी रिसाउलान् भनेर डराउनुपर्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित