ब्राजिलले घोषणा गरेको टोलीमा रोबर्टो फिर्मिन्हो अटाएका छैनन् । गाब्रियल जिसस र गाब्रियल मार्टिनेली अटाएका छन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । ब्राजिलले नोभेम्बर २५ मा सर्बियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा भएको छ ।
ब्राजिलले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको छ । ब्राजिलले विश्वकपका लागि ९ फरवार्डलाई टिममा राखेको छ ।
यस्तो छ ब्राजिलको टोली
गोलरक्षक : एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेंगो)
डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्हस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिसाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)
मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्टह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमराएस (न्युकासल युनाइटेड) र एभर्टन रिबिएरो (फ्लामेंगो)
फरवार्ड : नेयमार (पिएसजी), भिनीसियस जुनिअर (रियल म्याड्रिड), ग्याब्रिएल जेसस (आर्सनल), एन्टोनि सान्तोस (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), रिचारलीसन (टोटेनहम हट्सपर), ग्याब्रिएल मार्टिनेली (आर्सनल), रोड्रीगो (रियल म्याड्रिड) र पेड्रो (फ्लामेंगो)।
Discussion about this post