Khabar Samachar

प्रचण्डमाथि जुत्ता प्रहार

204
VIEWS

 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सुर्खेतमा जुत्ता प्रहारको प्रयास भएको छ।

 

मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि फर्कने क्रममा उनीमाथि जुत्ता प्रहारको प्रयास भएको हो।

माओवादी अध्यक्ष प्रचण्डसहित नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सवार हेलिकोप्टरमा जुत्ता प्रहारको प्रयास भएको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशका जुम्ला, हुम्ला र कालीकोटका विभिन्न स्थानमा भएको वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गरेर दाहाल र खड्का सुर्खेत झरेका थिए।

चिङ्गाडमा आयोजना गरेको भेलालाई सम्बोन्धन गर्ने क्रममा एक युवाले प्रचण्डलाई जुत्ताको माला लगाउन झोलाबाट निकाल्ने क्रममा मटेला प्रहरीले ति युवालाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित