Khabar Samachar

मैले सरकार ढालिदिएपछि केपी ओली बर्बराउँदै हिँड्न थाले : माधव नेपाल

202
VIEWS

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारलाई आफूले टक्कर दिएर ढालेको बताएका छन्।

बिहीबार मीनभवनस्थित पार्टीका कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपालले कसैले पनि टक्कर दिन नसक्ने ठानेका ओलीलाई टक्कर दिँदै उनी नेतृत्वको सरकार आफूले ढालेको टिप्पणी गरेका हुन्।

बिहीवार विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गदै उनले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको बताए।

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको बताएका छन्।
 बिहीवार विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गदै उनले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको बताए।
 उनले केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले चुनौती दिएर सरकार ढालेको बताए।

उनले सरकार ढलेपछि अहिले ओली उत्पट्याङ कुरा गरिरहेका भन्दै उनका उत्पट्याङ कुराहरुको संकलन गर्नुपर्ने बेला भएको बताए।

‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सक्दैन भनेर। मैले नै टक्कर दिएर उनको सरकार ढालेँ। अहिले केपी ओली बर्बराएको हो कि उटपट्याङ कुरा गर्छन्। उनका कुराहरू भनेको आक्रोशले भरिएको छ,’ उनले भने।

सर्वोच्च अदालतले २०७७ फागुन २३ मा नेकपा खारेज गरेपछि एमाले र माओवादी ब्युँतिएको थियो। त्यसपछि माओवादीले सरकारको समर्थन फिर्ता लिँदा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले संसदमा २०७८ वैशाख २७ मा विश्वासको मत लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित