Khabar Samachar

युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

203
VIEWS

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

युएईका लागि रोहन मुस्ताफाले अर्धशतक प्रहार गरे । मुस्ताफाले ७३ बल खेल्दै ७ चौका प्रहार गरी सर्वाधिक ५३ रन बनाए । ओपनर मुहमम्द वासिमले ४४ र वृत्य अरभिन्दले ४० रन बनाए । अलिशान शारफुले २९ र बसिल हमिदले १४ रन जोडे । आयान अफजल खानले २६ रन बनाए ।

वासिम र अरभिन्दले पहिलो विकेटका लागि ७५ रनको साजेदारी गर्दै युएईलाई राम्रो सुरुवात दिलाएका थिए । तर गुल्शन झाले १५औं ओभरमा वासिमलाई बोल्ड गर्दै उक्त साझेदारी तोडे ।

वासिमले ४१ बल खेल्दै ६ चौका १ छक्का मदतमा ४४ रन बनाए । सोही ओभरमा गुलशनले युएईका कप्तान सिपी रिजवानलाई कुशल भुर्तेलबाट आउट गराए । रिजवानले २ रन जोडे ।

दुई विकेट एकै ओभरमा गुमेपछि अर्का ओपनर भृत्य अरविन्दले रोहन मुस्ताफा मिलेर इनिङ्स अघि बढाए । अरभिन्द र मुस्ताफाले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे ।

नेपालका दीपेन्द्र सिंह ऐरीले २६.५ ओभरमा भृत्यलाई एलबीडब्लु आउट गर्दै साझेदारी तोडे । भृत्यले ८२ बल खेल्दै ६ चौका मद्दतमा ४० रन बनाए ।

मुस्ताफाले चौथो विकेटका लागि अलिशा शारफुसँग ५३ रनको साझेदारी गरे । शारफुले २९ रन बनाए । आयान अफजल खानले २६ रन बनाए । उनी अन्तिम ओभरमा रनआउट भए ।

अहमेद राजाले १६ बलमा अविजित २७ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे ।

नेपालका लागि गुल्सन झाले २ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १-१ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित