नेपालले दशरथ रंगशालामा भारतसँग आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ।मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण हिमालय टेभिभिजनले गर्ने भएको छ । अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दै छ ।नेपाली टोली हाल पोखरामा बन्द प्रशिक्षणमा छ । नेपाल आउने भारतीय टोलीमा सुनिल क्षेत्री लगायत खेलाडी छन् । गोलरक्षक : गुरप्रित सिंह सन्धू, धिरज सिंह मोइरङथेम, अम्रिन्दर सिंह,डिफेन्डर : राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव देसाई, शुभाशीष बोस, सेरिटन फर्नाण्डेज,मिडफिल्डर : अनिरुद्ध थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपिन सिंह,स्ट्राइकर : मन्विर सिंह, रहिम अली, सुनिल क्षेत्री, फरुख चौधरी रहेका छन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एडप्याड प्रालिसँग नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलको प्रशारण र मार्केटिङ अधिकारसम्बन्धि सम्झौता  गरेको छ। एन्फाका महासचिव इन्द्रमान तुलाधनर र एडप्याड प्रवन्ध निर्देशक सुरज गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार एडप्याडले एन्फालाई २५ लाख १० हजार रुपैयाँ प्रदान गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय