Khabar Samachar

भक्तपुरमा आगलागीमा परी युवतीको मृत्यु

203
VIEWS

भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।आज बिहान करिब ८ बजे मध्यपुरठिमी नगरपालिका-६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको काठ र इट्टाको तीन तले घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको हो ।

आगलागीमा परि आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको मृत्यु भएको भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।

अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिस रोगकी बिरामी थिइन्। उनको शव जलेको अवस्थामा भेटिएको थियो ।

यस्तै आगलागीमा परि घाइते भएकी हरिशरणकी १४ वर्षीया छोरी नित्मा केसीको उद्धार गरी कोरियन अस्पताल लगिएको थियो। उनको डिस्चार्ज पनि भइसकेको छ।अहिले नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित