हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ.। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मनसुन वायुका कारण एक सातादेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । लगातारको झरीले जनजीवन कष्टकर भइरहेको अवस्थामा अझै दुई दिन घाम नलाग्ने मौसमविदले जानकारी दिएका छन् ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले केही दिनयता पानी परिरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्।मानन्धरका अनुसार सोमबार साँझसम्म पानी क्रम जारी रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा हुनेछ ।अविरल वर्षाका कारण साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम उतिकै रहेको छ । तराईका विभिन्न ठाउँ डुवानमा परिरहेका छन् । राजमार्गहरू अवरुद्ध भैरहेका छन् । पहाडी भूभागमा भू-क्षय र साना-ठूला बाढीपहिरो गैरहेकोले नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सूचित गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय