Khabar Samachar

भक्तपुर- २ मा मतगणना सुरु

212
VIEWS

भक्तपुर- २ मा मतगणना सुरु भएको छ। राति १० बजे सुरु भएको सर्वदलीय बैठकपछि राति २ बजे मतगणना सुरु भएको हो।

आइतबार मतदान सकिएपछि नै भक्तपुर- २ को मतपेटिकाहरु संकलन गरिएको थियो। भक्तपुर-२ मतगणना मध्यपुरथिमि नगरपालिकाको बोडेमा रहेकाे नेपाल कृषि विकास बैंकको तालिक केन्द्रमा भइरहेको छ।

भक्तपुर- २ मा १ लाख ९४ हजार ४३९ जना मतदातामध्ये झन्डै ७२ प्रतिशत मत खसेको छ।

यस क्षेत्रमा प्रतिनिधि सभामा एमालेका महेश बस्नेत र कांग्रेसका दुर्लभ थापाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। २०७४ को निर्वाचनमा एमालेका बस्नेत नै विजयी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित