Khabar Samachar

स्याङ्जा २ मा कांग्रेसले बुथ कब्जा गरेको भन्दै निर्वाचन आयोगमा उजुरी

200
VIEWS

नेपाली कांग्रेसले स्याङ्जा २ का चार बुथमा धाँधली गरेको भन्दै अन्य उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको उजुरीमा उल्लेख छ । धाँधली भएको भनि उजुरी परेका बुथ चापाकोट ३, ४ र ५ वडाका हुन् । अनधिकृत रुपमा बुथ कब्जा गरी अन्य दलका प्रतिनिधिहरुलाई जबरजस्त बाहिर निकाएको उजुरीमा उल्लेख छ । ति बुथमा पुन मतदानको माग गरिएको छ ।

स्याङ्जा २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले धाँधली गरिएको भन्दै उजुरी परेको जानकारी दिए । ‘चापाकोट केही वडाको विषयमा उजुरी आएको छ । हामी बुझ्दैछौं । उजुरीमा धाँधली गरिएको व्यहोरा छ ।’ निर्वाचन अधिकृत शर्माले भने ।

स्याङ्जा २ मा कांग्रेसबाट उपसभापति धनराज गुरुङ उम्मेदवार छन् । नेकपा एमालेको सचिव पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ, राप्रपाबाट लालगोपाल अर्याल लगायत उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित