Khabar Samachar

१० क्षेत्रको गणना जारी ५ सीटमा एमालेको अग्रता, कांग्रेस ३ र घण्टी २ ठाउँमा अगाडि

212
VIEWS

देशभर विभिन्न निर्वाचन क्षेत्रमा सुरू भएको मतगणनाको पछिल्लो अपडेटमा एमाले,कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको सुरूवाति अग्रता देखिएको छ ।

गणना सुरू भएका झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र मुस्ताङका १० वटा निर्वाचन क्षेत्रमध्ये एमालेले ५ वटा निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ । एमालेले झापा २, धनुषा ३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको छ ।

कांग्रेसले भक्तपुर २, मुस्ताङ र झापा ३ मा अग्रता लिइरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ७ र कास्की २ मा अग्रता लिइरहेको छ ।

झापा क्षेत्र नम्बर २ मा एमालेका देवराज घिमिरेले अग्रता लिँदा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले पछ्याइरहेका छन् । त्यस्तै झापा ३ मा नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौलाले सुरूवाति अग्रता लिँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पछि परेका छन् ।

त्यस्तै मधेस प्रदेशमा हालसम्म धनुषा ३ को मतगणना भइरहेको छ । सो क्षेत्रमा एमालेकी जुलीकुमारी महतो फराकिलो अग्रतासहित अघि बढ्दा जनमत पार्टीका शम्भु कुमार साहले पछ्याइरहेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ७ मा घण्टी चिन्हका उम्मेदवार गणेश पराजुली अग्रता लिँदा एमालेका श्याम घिमिरे दोस्रोमा छन् भने ललितपुरका तीन वटै क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता छ ।

ललितपुर र १ मा एमालेका नवराज सिलवाललाई कांग्रेसका उदयशम्सेरले पछ्याइरहेका छन् भने २ मा एमालेका प्रेम महर्जनलाई नेकपा एसका कृष्णलाल महर्जन र ३ मा एमालेकै अमृत खड्कालाई स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पछ्याइरहेकी छन् ।

त्यस्तै कास्की २ मा स्वतन्त्र पार्टीका माधव कडेलले अग्रता लिँदा एमालेकी विद्या भट्टराई दोस्रो स्थानमा छिन् भने मुस्ताङमा कांग्रेसका योगेश गौचनले अग्रता लिइरहँदा एमालेका प्रेम तुलाचन दोस्रो स्थानमा छन् । भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले एमालेका महेश बस्नेतलाई पछि पारेर अग्रता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित