Khabar Samachar

रवीन्द्र मिश्रलाई रोक्दै काठमाडौं-१बाट प्रकाशमान सिंह विजयी

208
VIEWS

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् ।

सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् । परिवर्तनको नारा दिएका उम्मेदवारहरू एक ठाउँ नहुँदाको फाइदा सिंहले उठाए ।

२०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका छोरा प्रकाशमानलाई पारिवारिक वातावरणले नै नेपाली कांग्रेसको राजनीतिमा ल्याएको थियो । २०१२ सालमा जन्मेका उनी नेविसंघबाट राजनीतिमा उदाएका थिए । २०३४ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका उनी त्यसको दुई वर्षपछि अध्यक्षमा चुनिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित