Khabar Samachar

काठमाडौं- ४ मा गगन थापाको जित

201
VIEWS

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको फराकिलो मतान्तरले जितेका छन्। नेकपा एमालेका राजन भट्टराईलाई उनले ६ हजार ८ सय ४९ मतले जितेका हुन्।

थापाले २० हजार ४ सय १६ मत पाएका छन्। प्रतिष्पर्धी भट्टराईले १३ हजार ५ सय ६७ मत पाएका छन्

महामन्त्री थापाले सुरुदेखि नै अग्रता कायम गरेका थिए। नेकपा एमालेको प्रभाव क्षेत्रमा समेत उनले आफ्नो अग्रता कायम गरेका छन्। गणना बुढानीलकण्ठको १ नम्बर वडाबाट सुरु भएको थियो। जुन एमालेको पकड क्षेत्र मानिन्छ। उक्त वडामा पछि पर्ने थापाको आंकलन थियो।

स्थानीय तहको निर्वाचनमा एमाले वडाध्यक्षले कांग्रेससँग दोब्बर मतान्तरले जितेको भएपनि थापाले झिनो अग्रता कायम गरे। खसेको १५११ मतमा थापाले ६६७ मत पाउँदा भट्टराईले ६३३ मत पाए।

बुढानीलकण्ठ–२ २७०५ मतम खसेको थियो। थापाले १३५८ र भट्टराईले ९४७ मत ल्याए। यो पनि स्थानीय तहमा एमालेले जितेको वडा हो।

बुढानीलकण्ठ–८ मा थापाले ३३५५ खस्दा थापाले १४६४ ल्याए। भट्टराईको ११३१ मत रह्यो। यो पनि एमालेको प्रभावशाली वडा हो।

बुढानीलकण्ठकै वडा नम्बर ९ थापाले १२३६ मत ल्याए भने भट्टराईको जम्मा ७७६ मत आयो। वडा नम्बर १० मा थापाले २२४८ मत ल्याए भने भट्टराईले १९३१ मत ल्याए।

वडा नं १२ मा १५०७ थापाका पक्षमा खस्यो भने भट्टराईका पक्षमा ११५३ मत खस्यो। १३ नम्बर वडामा १६९१ थापाको मत रह्यो भने भट्टराईको जम्मा १४६० आयो।

काठमाडौं महानगर सुरु भएपछि भने मतान्तर झन् फराकिलो बन्दै गयो। वडा नं १ मा ९८४ थापाका पक्षमा खस्यो भने जम्मा ३६७ भट्टराईले पाए। त्यसैगरी वडा ७ मा झन्डै दोब्बर ४५४४ मत ल्याए भने भट्टराईले २३०४ मत ल्याए।

यसैगरी वडा ८ मा १४९८ मत थापाका पक्षमा खसेको छ भने जम्मा १०७५ भट्टराईले पाएका छन्। वडा नं ३० मा थापाले १४०६ मत र भट्टराईले ५५३ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित