Khabar Samachar

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

200
VIEWS

 

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका ३ कुतडाँडामा लु ३ च ५३४० जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु र ४ जना घाइते भएका हुन्।

दुर्घटनामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामो, ४३ वर्षकी जमुना सोमै को रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटनामा सत्यवती–३ का ३३ वर्षका कार्बाव्लिन सोमै, ३२ वर्षका चेतमान सिङ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै घाइते रहेका छन् । रातीको समयमा घटना भएको र उद्धार हुन नसकेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित