Khabar Samachar

घानामाथि पोर्चुगलको जित

204
VIEWS

रोनाल्डो बाहेक पोर्चुुगलको जितमा जाओ फ्लेक्स र राफेल लिओले गोल गरे ।
पहिलो हाफ गालरहित बराबरी सकिएको खेलको ६५औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।
घानाका डिफेन्डर मोहमद सलिसुले रोनाल्डोलाई बक्सको बाँयातर्फ फाउल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले गोल गरेका हुन् । यो रोनाल्डोको विश्वकपमा आठौं गोल हो ।

घानाका आन्द्रे एइयूले ७३औं मिनेटमा पोर्चुगलविरुद्ध बराबरी गोल फर्काएका थिए ।
खेलको ७८औं मिनेटमा पोर्चुगलका जावोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
त्यसको दुई मिनेट नबित्दै राफेलले गोल गर्दै पोर्चुगललाई ३–१ को स्थितिमा ल्याए ।
घानाका ओस्मान बुकारीले ८९औं मिनेटमा घानाका लागि दोस्रो गोल गरेपनि जितका लागि पर्याप्त बन्न सकेन ।
पोर्चुगल र घाना यसअघि सन् २०१४ को विश्वकपको समूह चरणमा एक पटक मात्रै भेट भएका छन् । उक्त खेलमा पोर्चुगलले घानालाई २–१गोेलको नतिजामा हराएको थियो ।
घाना सन् २०१० को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको छ ।
जितसँगै पोर्चुगलले समूह‘एच’ मा तीन अंक जोडेको छ ।
यसअघि समूह‘एच’ को पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । घानाले समूह चरण अन्तर्गत दोस्रो खेलमा सोेमबार दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ भने । पोर्चुगलले मंलबार उरुग्वेसँग खेल्नेछ ।

घानालाई ३–२ गोलको नतिजामा पराजित गर्दै पोर्चुगलले कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह ‘एच’को दोस्रो खेलमा सुखद सुरुआत गरेको छ ।
स्टेडिएम नाइन सेभन फोरमा सम्पन्न खेलमा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गले । रोनाल्डो पाँच विश्वकपमा गोलगर्ने पहिलो खेलाडी बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित