Khabar Samachar

घण्टीले समानुपातिकमा काठमाडौंबाटै कटायो १ लाख मत

204
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंमा समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ काठमाडौंका १० मध्ये ४ क्षेत्र जितेको रास्वपाले समानुपातिकतर्फ काठमाडौंबाट मात्रै १ लाख मत कटाएको छ।

 

घण्टी चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएको यो दल समानुपातिकतर्फ देशभरबाट तेस्रो स्थान कायम राखिरहेको छ।

पछिल्लो देशभरबाट घण्टी चुनाव चिन्हमा ५ ला ९८ हजार ३९ मत प्राप्त गर्दा रास्वपाले काठमाडौंबाट मात्रै १ लाख १ लाख २ सय ५४ मत प्राप्त गरेको छ।

दोस्रो स्थानको नेपाली कांग्रेसको ७९ हजार ७ सय ८९ मत आउँदा एमालेले ७८ हजार ४ सय ९१ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा ६० हजार ६ सय ५८ मत प्राप्त गरेको तथ्यांक निर्वाचन आयोगले उल्लेख गरेको छ।

काठमाडौंमा समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले १७ हजार ३ सय ९७ मत प्राप्त गरेको छ।

 

राप्रपा र माओवादी केन्द्रबीच समानुपातिकतर्फ ४३ हजार २ सय ६१ मतको अन्तर छ।

लौरो चुनाव चिन्ह लिएको हाम्रो नेपाली पार्टीले १३ हजार २ सय ९७ मत प्राप्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित