Khabar Samachar

हार्ने निश्चित भएपछि झलनाथ खनाल मत गणनास्थलबाट बाहिरिए

209
VIEWS

नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनाव हार्ने निश्चित देखिएपछि मतगणनास्थल छाडेर काठमाडौं फर्किएका छन् । इलाम क्षेत्र नम्बर १ मा गठबन्धनको उम्मेदवार बनेका खनाल एमालेका महेश बस्नेतसँग ३ हजार मतले पराजित हुने देखिएपछि भद्रपुर विमानस्थलतर्फ लागेका छन् ।

खनाल आजै काठमाडौं फर्किने गरी इलामबाट भद्रपुरतिर लागेका हुन् । मतगणनास्थलमा रहेका एमालेनिकट युवा संघका स्थायी कमिटी सदस्य निरोज पौडेलले पूर्वप्रधानमन्त्री खनाल मत गणनास्थलबाट हिँडेको बताए । उनी गणना भइरहेको नजिकै घर लिएर चुनावभरी बसेका थिए ।

इलाम १ को मतगणना सूर्योदय नगरपालिका कार्यालय फिक्कलमा भइरहेको छ । प्रदेशतर्फ भने नेकपा एसकी खिनु लिनुङ्वा र समसेर राई अगाडि छन् । हिँड्नुअघि खनालले बिजेता बन्न लागेका महेश बस्नेतलाई बधाईसमेत नदिइ बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित