Khabar Samachar

Search
Close this search box.

माओवादीका ललितपुर संयोजक र सचिवले दिए राजीनामा

217
VIEWS

माओवादी केन्द्रका ललितपुर जिल्लाका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुरका प्रतिनिधिसभा र प्रदेशमा पार्टीका उम्मेदवार पराजित भएपछि जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव लोकबहादुर पुलामीले नैतिकताका आधारमा पलबाट राजीनामा दिएका हुन् ।

उनीहरूले पार्टीका बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएको बुझिएको छ । ललितपुर ३ बाट प्रतिनिधि सभामा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल पराजित भएकी थिइन् भने   ललितपुर २ प्रदेशभा  (१) मा हरि दाहाल ३ (१) मा राजकाजी महर्जन पराजित भएका थिए ।

कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन हुँदा पनि उनीहरू पराजित भएका थिए ।​ भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीसँग पराजित हुँदा दाहाल र महर्जनलाई एमाले उम्मेदवारले हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित