Khabar Samachar

धनुषा ४ बाट झिनो मतान्तरले एमालेका रघुवीर महासेठ विजयी

207
VIEWS

प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।

महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्।  मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

सोमबार रातिसम्म यादवभन्दा महासेठ ७ देखि ९ सय मतले पछि थिए । आज बिहान मिथिला ११ को गणना थालेसँगै मासेठले लिड गरेका थिए ।

७४ मा पनि यादवलाई महासेठले पराजित गरेका थिए । त्यतिबेला माओवादी महासेठको साथमा थियो । एमालेबाट फुटेर बनेको नेकपा एसको पनि यस क्षेत्रमा प्रभाव छ ।

तर, यो पटक यादव माओवादी, नेकपा एस र लोसपासँगको समर्थनमा सत्तागठबन्धनका साझा उम्मेदवार थिए । मधेसका अधिकांश क्षेत्रमा एमाले- जसपाको तालमेल हुँदा पनि यहाँ एमाले एक्लै चुनाव लडेको थियो ।

जसपाले महाजन यादवलाई उम्मेदवार बनाएको थियो । उनी तेस्रो स्थानमा सीमित बने । जसपा- एमाले तालमेल गराउन महासेठले भूमिका खेलेका थिए ।

धनुषा ३ बाट महासेठपत्नी जुलीकुमारी महतो भने विजयी भइसकेकी छन् । एमाले नेतृ जुलीलाई जसपाले सहयोग गर्दा सत्ता गठबन्धनका उम्मेदवार लोसपा नेता अनिल झाला पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित