नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ ।कोन्साम सिंहले गोलकिपर गुरप्रीतसिंह सन्धुलाई  दिएको फितलो पास जित्दै अञ्जन विष्टले नेपाललाई अग्रता दिलाएका थिए । सन् २०१५ मा विमल घर्ती मगरले गरेको गोलपछि अञ्जनले आजको खेलको ३६औं मिनेटमा भारतविरुद्ध पहिलो गोल गरेका हुन् ।खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो ।

पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालले ६०औं मिनेटमा बराबरी गोल फर्काएको थियो । कप्तान सुनिल क्षेत्रीले १८ यार्ड बक्स बाहिरबाट गरेको सशक्त प्रहारलाई नेपाली कप्तान तथा गोलकिपर किरण चेम्जोङले माथि पञ्च गरेका थिए । तर, सोही बल गोल लाइन नजिकै ड्रप हुने क्रममा अनिरुध थापाले ट्याप इन् गर्दै भारतका लागि बराबरी गोल गरे । नेपालका प्रमुख डिफेन्डर चोटिल भएर मैदान बाहिर भएको मौकाको फाइदा उठाउँदै सुनिलले सशक्त प्रहार गरेका थिए ।

दोस्रो हाफको ६० मिनेटमा सुनिल क्षेत्रीको सटलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाऊ गरे । तर, रिबाउन्ड प्राप्त मौकालाई अनुरुद थापाले चुकाएनन्, उनले गोल गर्दै भारतलाई बराबरीमा फर्काए । ५१ सयको हाराहारीमा दर्शकहरू उपस्थित भएको खेलमा दुवै टोलीले उत्कृष्ट खेल देखाएका थिए । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार साँझ ५ः ३० बजे दशरथ रंगशालामै हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय