महामन्त्री पदमा लड्ने घोषणा गरेका केन्द्रीय सदस्य गगन थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गरेको पत्रकार सम्मेलनमा देखिएका छन्।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले आफू महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन्। ‘म महामन्त्री पदमा उठ्छु, यो मेरो औपचारिक घोषणा हो,’ उनले भने। काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरूको भेलाबाटै थापाले यसपटक महामन्त्रीमा लड्ने घोषणा गरेका हुन्। थापाले २०७२ मा भएको १३ औं महाधिवेशनमा पनि महामन्त्रीमा लडेका थिए तर त्यसबेला उनले दाङबाट उक्त घोषणा गरेका थिए। यसपटक भने थापाले काठमाडौंबाट नै उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले नेताहरूलाई राखेर वा मिडियामा अन्तर्वार्ता दिएरभन्दा क्रियाशील सदस्यहरूकै बीचबाट महामन्त्रीमा लड्ने औपचारिक घोषणा गरेका छन्। वडा अधिवेशन आउन चार दिनअगाडि मात्रै थापाले केन्द्रीय महामन्त्रीमा लड्ने बताएका छन्। कांग्रेसले देशैभर यही भदौ १८ गते वडा अधिवेशन गर्दैछ। छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने कांग्रेसमा तयारी छ। अहिले कांग्रेसमा ९ लाख क्रियाशील सदस्य छन्, उनीहरू नै वडा अधिवेशनका मतदाता हुन्। कांग्रेसले करिब २० जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टी वेबसाइटमा राखेको छैन अरू जिल्लाको नामावली आइसकेको अवस्था छ।कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ। यसपटक कांग्रेसमा वडादेखि केन्द्रसम्मै कोषाध्यक्ष बाहेकका पदहरूमा निर्वाचन हुनेछ। अधिवेशनहरू सुरू हुन लागेपछि कांग्रेसमा विभिन्न पदमा उम्मेदवारी दिने लहर नै सुरू भएको छ। केन्द्रीय सदस्य थापाले महामन्त्रीमा उम्मेदवारी दिएपछि यसले चुनावी सरगर्मी झन् बढाएको छ।

यसअगाडि उपसभापति विमलेन्द्र निधिले काठमाडौंको थापा गाउँमा सम्पर्क कार्यालय खोलिसकेका छन्। निधि यसपटक पार्टी सभापति पदमा उठ्न लागेका छन्। नेता/कार्यकर्ता भेट्न उनले व्यवस्थित रूपमा सम्पर्क कार्यालय नै सञ्चालन गरेका हुन्। त्यहाँ हरेक दिन दिउँसो २ बजेपछि उनले नेता/कार्यकर्ता भेट्दै आएका छन्।यो समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी छन् । पछिल्ला दिनहरुमा लगातार छलफल भएपनि सहमति जुट्न नसकेपछि नेताहरुले सभापतिमा एउटै उम्मेदवार दिने प्रतिवद्धता जनाएका हुन् ।आजको पत्रकार सम्मेलनमा यसअघि कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्रीका उम्मेदवार बनेका गगन थापा पनि पुगेका थिए कसलाई के जिम्मेवारी दिँदा ठीक हुन्छ भनेर आफूहरुबीच छलफल भइरहेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । पार्टी कार्यालय, सानेपामा सभापतिका आकांक्षीहरु दायाबायाँ राखेर पत्रकार सम्मेलन गरेर वरिष्ठ नेता पौडेलले भने, ‘पार्टी बचाउन एक भएर अगाडि बढ्छौं । सभापतिमा एउटै उम्मेदवार दिन्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय