Khabar Samachar

स्पेनिस प्रशिक्षक बर्खास्त

206
VIEWS

स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिक बर्खास्त भएका छन् ।

विश्वकप फुटबलमा स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित हुँदै प्रिक्वाटर फाइनलबाटै बारिएपछि स्पेनिस फुटबल संघले एनरिकलाई बर्खास्त गरेको हो । संघले निकालेको बिज्ञप्तिमा भनेको छ, ‘लुइस एनरिक र उनको प्रशिक्षण टिमलाई हामी धन्यवाद भन्छौं ।’

सन् २०१८ देखि स्पेनिस टोलीको नेतृत्व गरिरहेका ५२ वर्षका उनले २०२० को युरो कपमा टोलीलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए ।

स्पेनिस फुटबल संघले अब नयाँ प्रशिक्षक ल्याएर नयाँ योजना थाल्ने बताए पनि समय तोकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित