Khabar Samachar

ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

219
VIEWS

ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को सेमीफाइनलमा प्रवेश गरेको छ।

एजुकेसन सिटी रंगशालामा सम्पन्न कतार विश्वकप २०२२ अन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा पेनाल्टि सुटआउटमा ४–२ गोलको नतिजमा ब्राजिलाई हराउँदै क्राएसिया सेमिफाइनल प्रवेश गरेको हो ।

ब्राजिलका लागि नेइमारले खेलको १०५औं मिनेटमा गोल गरेका थिए। सिक्स यार्ड बक्समा क्रोएसियाका गोलकिपरलाई छक्काएर उत्कृष्ट फिनिसिङ गर्नुअघि नेइमारले डि-बक्स नजिकबाट उत्कृष्ट पास खेलेका थिए।

गोलसँगै नेइमारले ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने पेलेको कीर्तिमानसँग बराबरी गरेका छन्। दुवैको अन्तर्राष्ट्रिय गोल संख्या ७७ पुगेको छ।

क्रोएसियाले ११७ मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि ब्रुनो पेट्रोभिकले डि-बक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेका थिए।

त्यसअघि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपिएको थियो। थप समयअघि ब्राजिलले क्रोएसियामाथि लगतार दबाब दिए पनि फिनिसिङमा चुकेको थियो। ब्राजिलका प्रयासमा क्रोएसियाका गोलकिपर बाधक बनेका थिए।

गोल हुन नसकेपछि दबाबमा परेको ब्राजिलले दोस्रो हाफमा राफिन्हा, भिनिसियस जुनियर र रिचार्लिसनको स्थानमा एन्टोनी, रिद्रिगो र पेड्रोलाई मैदान प्रवेश गराएको थियो।

अब क्रोएसियाले अहिले केही बेरमा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको दोस्रो क्वार्टरफाइनलको विजेतासँग सेमीफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित