Khabar Samachar

अध्यक्ष तिमिल्सिनाले सुविधा बढाउन सकिँदैन भनेपछि जब कर्मचारीले माइक बिगारिदिए…

207
VIEWS

मंगलबार संसद सेवा दिवसको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद सचिवालयका कर्मचारीको सुविधा बढाउन नसक्ने धारणा राखेका थिए ।

मंगलबार संसद् सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद् सचिवालयको लागि बजेट बढाउन नमिल्ने र जनताको आर्थिक अवस्था कमजोर भएको वेला कर्मचारीले आफ्नो सुविधा थप गर्न माग गर्न नहुने बताएपछि कार्यक्रमकाे माहाेल नै तनावपूर्ण रह्याे।

अध्यक्ष तिमिल्सिनाको उक्त भनाइबाट रुष्ट संसद् सचिवालयका कर्मचारीहरूले बुधबार संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र प्राविधिक कुरामा समस्या खडा गरिदिएर कार्यक्रम नै बिथाेले।

तोकिएको समयमा कर्मचारीहरू कार्यक्रम स्थलमा नपुगेको र कार्यक्रममा माइक बिगारिदिएको आरोप अध्यक्ष तिमिल्सिनाले लगाए।

सेवा, सुविधा अहिले बढाउन सक्ने अवस्था छैन भन्दैमा यस्ता त्रुटि गरेको भन्दै उनले घोर आपत्ति जनाए। कर्मचारीले जनतालाई दिने सेवा सुविधा र पाउने सेवा सुविधा एक-आपसमा जोडिने भन्दै उनले कहिलेकाहीँ सुविधा कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा पछि हट्न नहुने बताए।

उनले विमोचन गर्ने पुस्तक ढिला ल्याउनु, राष्ट्रगान बजाउने बेलामा माइक नै बिगार्नु र प्राविधिक विषयको व्यवस्थापन नभईकन कार्यक्रम सञ्चालन गर्नु सेवा नै नपुगेर हो? भन्दै प्रश्नसमेत गरे। उनले आफ्नाे दायित्व कर्मचारीहरूले पूरा नगरेको कुरा सम्झिने कि नसम्झिने भन्दै प्रश्न गरे।

उनले संघीय संसदमा काम गर्ने कर्मचारीले भन्सारको डिजी हुन चाहेको भाषण गरेको भन्दै आपत्ति जनाए। अध्यक्ष तिमिल्सिनाले राजनीतिमा सांसद भएपछि मन्त्री हुनुपर्ने, मन्त्री हुन पाएन भने पार्टी फुटाउने काम गर्नु उचित नहुने भन्दै जनताले पुराना पार्टी र नेताहरूलाई यो निर्वाचनमा सुध्रिनका लागि अवसर दिएकोसमेत बताए।

उनले माइक बिगारेर, कार्यक्रममा अन्टसन्ट गरेर सेवा, सुविधा बढ्छ भन्ने भ्रम पालेर नबस्न आग्रहसमेत चेतावनी दिए।

अध्यक्ष तिमिल्सिनाले आफूले कोही पनि कर्मचारीलाई गोजीबाट पुरस्कृत र बढुवा गरेको देखाउन चुनौती दिँदै त्यस्तो पाए आफूले तत्काल पदबाट राजीनामा दिने पनि बताए।

त्यस्तै, संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले अध्ययन विधाका लागि र क्षमता विकास गर्ने कुरामा संसद् सचिवालयले कुनै कर्मचारीलाई नरोकेको बताए।

उनले बढुवाको अनुमोदन गर्ने कुरामा कर्मचारीहरूकै सहजताको लागि आफू ५ बजेसम्म बसेर भए पनि काम गरेको भन्दै साना कामहरूमा झमेला झिकेर नबस्न आग्रह गरे।

उनले आफू र व्यवस्थापनलाई प्रशंसा नचाहिएको भन्दै कर्मचारीहरूले आफ्ना जिम्मेवारी र काम पूर्ण रूपमा गर्न र संसद्ले गरेका काम कमजोर नदेख्न आग्रह गरे।

कर्मचारीहरू कार्यक्रम छ भनेर अघिल्लो दिन नै जानकारी दिँदासमेत समयमा उपस्थित नभएको र प्राविधिक कुराहरूमा भएका गल्तीको जिम्मा आफूले लिने बताए।

महासचिव गौतमले कर्मचारीहरूले आफ्ना जिम्मेवारी र दायित्व राम्रोसँग निभाउने हो भने आमनागरिक, सांसद, नेता सबैले त्यसको लाभ लिने भन्दै कर्मचारीहरूको सेवा सुविधामा पनि नतिजामुखी कामले नै बिस्तार गर्न सकिने बताए।

तोकिएको समयमा कर्मचारीहरु कार्यक्रम स्थलमा नपुगेको र कार्यक्रममा माइक बिगारिदिएको आरोप अध्यक्ष तिमिल्सिनाले लगाए । सेवा, सुविधा अहिले बढाउनसक्ने अवस्था छैन भन्दैमा यस्ता त्रुटीहरु गरेको भन्दै उनले घोर आपत्ति जनाए ।

कर्मचारीले जनतालाई दिने सेवा सुविधा र पाउने सेवा सुविधा एक आपसमा जोडिने भन्दै उनले कहिलेकाहीँ सुविधा कम हुँदा पनि सेवालाई अघि बढाउन पछि हट्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित