बालगोपाल महर्जन नेपालको अण्डर-२३ फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । गत मार्चमा नेपालको सिनियर टिमलाई थ्री-नेसन्स कप जिताएका बालगोपालले एएफसी यू-२३ एसियन कप छनौटका लागि युवा टोलीको जिम्मेवारी पाएका हुन् । अखिल नेपाल फुटबल संघ एन्फाले सामेबार बालगोपाल श्रेष्ठलाई यू२३ को प्रशिक्षक बनाएको जनाएको छ । यू-२३ एसियन कप जुन, २०२२ मा उज्वेकिस्तानमा हुँदैछ । जहाँ १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । छनौटमा आयोजक उज्वेकिस्तान सहित कुल ४२ टिम सहभागी हुनेछन् ।

एएफसी यू-२३ एसियन कप छनोट खेलमा नेपाल इरान, लेबनान, र ताजिकिस्तानसङ्गै समूह बी मा रहेको छ ।

नेपालले पहिलो खेल अक्टोबर २५ मा इरानसँग र दोस्रो आयोजक ताजिकिस्तान विरूद्ध अक्टोबर २८ मा खेल्नेछ । र, अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

रोजित केसीलाई सहायक प्रशिक्षक र ललित चन्दलाई गोलकिपिङ प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय