Khabar Samachar

Search
Close this search box.

मेसीलाई वर्ल्ड स्पोर्टस् स्टार अफ दी इअर अवार्ड

204
VIEWS

विश्व विजेता अर्जेन्टिनी फुटबल टिमका कप्तान लियोनल मेसीले बीबीसी स्पोर्टस् पर्सनालिटी अन्तर्गत वर्ल्ड स्पोर्टस् स्टार अफ द इयर अवार्ड प्राप्त गरेका छन् ।

बेलायती मिडिया बीबीसीले मेसीलाई २०२२ को लागि यस अवार्ड प्रदान गरेको हो । ३५ वर्षीय मेसीले आइतबार कतारमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि दिलाएका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टी शूटआउटमा हराउँदै तेस्रो पटक उपाधि जित्दा मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

मेसीको यो पहिलो विश्वकप उपाधि हो । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट व्यावसायिक फुटबल खेल्ने मेसीले कतार विश्वकपमा गोल्डेन बल समेत जितेका थिए ।

मेसीले यस विश्वकपमा ७ खेलमा ७ गोल गरे । उनले ७ मध्ये ६ खेलमा गोल गरेका थिए भने फाइनलमा २ गोल गरेका थिए ।

विश्वकप उपाधि जितेपछि मेसी विश्वकै महान खेलाडीको सूचीमा समावेश भएका छन् र पेले र म्याराडोनाको लेभलमा पुगेका छन् । मेसीले गत वर्ष अमेरिकाका लागि कोपा अमेरिका जितेका थिए ।

मेसीले सर्वाधिक ७ पटक बालोन डी’ओर अवार्ड समेत जितेका छन् । साथै उनले चार पटक च्याम्पियन्स लिग, १० ला लिगा र एक पटक फ्रेन्च लिग वानको उपाधि पनि जितेका छन् ।

मेसीले अर्जेन्टिनाका लागि १७२ खेल खेल्दै ९८ गोल गरेका छन् । मेसीले आफ्नो करियरमा कुल ७९३ गोल गरेका छन् ।

अर्जेन्टिनालाई पहिलो उपाधि दिलाएपछि मेसीले सन्यास नलिने समेत प्रष्ट पारेका छन् र विश्व च्याम्पियन खेलाडीको रुपमा अझै खेल्ने चाहना भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित