Khabar Samachar

म मन्त्री बन्ने दौडमा छैन, पार्टी संगठन हाँक्ने दायित्व छ : विश्वप्रकाश शर्मा

201
VIEWS

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने कुरामा आफू नरहेको बताएका छन्।

बुधवार कांग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए।

उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको बताएका छन्। शर्माले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सु-संगठित गर्ने धेरै काम आफ्नो जिम्मामा रहेको उल्लेख गरे।

महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरुलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्नेकुरामा आफू लाग्ने पनि बताए।

‘महामन्त्री भएको वर्ष दिन पुग्दैछ। अझै धेरै कुराहरु गर्न बाँकी नै छन्। मलाई यिनै साथीभाइहरुले एक वर्षअघि मात्रै पार्टीको महामन्त्री बनाउनुभएको हो। मेरो काँधमा कति वटा कामहरु गर्न नसकिराखिएको, गर्न नभ्याइरहेको र कामहरुले मलाई पर्खिरहेको बेला छ’, उनले भने, ‘अनि विश्वप्रकाश शर्मा तुरुन्तै मन्त्री बन्नतिर लागेर हुन्छ? यो उचित हुँदैन भनेर अहिले म मन्त्री बन्ने कुरामा छैन भनेको हो।’

 

शर्माले अरु नेताहरु मन्त्री बनेर सरकारमा जान सक्ने पनि बताएका छन्। ‘अहिले सरकारमा जाने कुरामा साथीहरु जानुहुन्छ, जान चाहनेहरु साथीहरुलाई संयोजन गर्नु रामो हुनेछ’, उनले भने, ‘सरकारमा जाने साथीहरुलाई यो घोषणापत्र बोकेर काम गर्नुहोला है भनेर भन्नु राम्रो। तर अहिले मैले पार्टीको कार्यालयमा बसेर कार्य गर्नुपर्छ। त्यसकारण मन्त्री बन्ने कुरामा तत्कालै विश्वप्रकाश शर्मा लाग्नु हुँदैन।’

महामन्त्री शर्माले सरकारमा जाने सांसदहरुको संयोजन लगायतका कामहरु अघि बढाउने कुरामा आफू लाग्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित