हलिउडका चर्चित अभिनेता माइकल के बिलियम्सको ५४ बर्ष को उमेरमा  निधन भएको छ । अभिनेता बिलियम्स न्युयोर्क शहरमा रहेको आफ्नै अपार्टमेन्टमा मृत भेटिएका हुन् । अहिलेसम्म उनको मृत्युको कारण खुल्न नसकेको न्युयोर्क पुलिस विभागले जनाएको छ । प्रहरी ले उनको घर बाट केहि मात्रामा लागुऔसधि पनि फेला पारेको छ । अभिनेता ड्रग्सको ओभरडोजबाट समेत मरेको हुन सक्ने पुलिसको आशंका रहेको छ । पुलिसले अहिले यो बिषयमा अनुसन्धान गरिरहेको छ ।पुलिसले उनको शव नियन्त्रणमा लिएर पोस्ट मार्टमका लागि पठाएको छ । माइकल को टीवी शो ‘द वायर’ बाट निकै लोकप्रिय भएको थिए । यो कार्यक्रममा उनि एक डाकु को भुमिकामा थिए । उनले गरेका अन्य कार्यक्रम  एचबीओ सीरीज ‘बोर्डवॉक एम्पायर’ ,  ‘लवक्राफ्ट कंट्री’ ,  ’12 इयर्स ए स्लेव’, ‘असैसिन्स क्रीड’ र  ‘गोन बेबी गोन’ जस्ता अन्य फिल्महरु पनि छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय