Khabar Samachar

अञ्जन विष्ट चर्च ब्वाइज क्लबमा

208
VIEWS

राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्ट मनाङ मर्स्याङ्दी क्लब छाडेर चर्च ब्वाइजमा आवद्ध भएका छन् ।

बुधबार बिहान चर्च ब्वाइजले अञ्जनलाई क्लबमा आवद्ध गरेको घोषणा गरेको छ । चर्च ब्वाइजले अञ्जनसँग एक वर्षको सम्झौता गरेको पनि जनाएको छ ।६६ सालमा स्थापना भएको चर्च ब्वाइजले पहिलो पटक ए डिभिजन लिगमा बढुवा भएको हो ।

‘व्यक्तिगत स्वार्थ अनुसार क्लबको हित भन्दा आफू अनुसार क्लबलाई चलाउन खोजेपछि, खेलाडीको मनोबल गिराउने कार्य हुन थालेपछि बाध्य भएर दुःखी मनका साथ यस क्लबसँगको सहकार्य टुंग्याउने निधो गरेको छु’, मनाङ छाडेको घोषणा गर्दै उनले लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित