Khabar Samachar

Search
Close this search box.

तीन प्रदेशका पहाडी भेगमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

201
VIEWS

हाल (शनिबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बाक्लै बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना साथै हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुलेटिनअनुसार आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही  भूभागमा  हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

यसैबीच आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस देखिएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

उनका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम ‘डिस्टर्ब’ हुने सम्भावना भए पनि पानी पर्ने सम्भावना एकदमै कम छ। ‘तर काठमाडौँ आसपास वर्षा हुन सक्छ’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित