नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक मुख्यसचेतकमा मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले उनलाई मुख्यसचेतकमा मनोनीत गरेका हुन्। कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लेखकलाई मनोनीत गरिएको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए।
यसअघिको कार्यकालमा कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँण थिए।
Discussion about this post