पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल १५१ रनको फराकिलो अन्तरले विजयी भएको छ। यसअघि पहिलो खेल २ विकेटले जितेको नेपालले सिरिज २-० ले आफ्नो पक्षमा परेको छ। नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.१ ओभरमा सबै विकेट गुमाएर ८२ रनमा अलआउट भयो । आजको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवान्युगिनी ८२ रनमा अलआउट हुन पुगेको हो ।  १९.१ ओभरको खेल खेल्दाखेल्दै पपुवान्युगिनी अलआउट हुन पुगेको हो ।
सन्दिप बाहेक आजको खेलमा सोमपाल कामी, विक्रम सोब, र सुशन भारीले पनि १–१ विकेट लिए ।आजको  डे नाइट खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो ।   नेपालका लागि रोहितकुमार पौडेलले ८६ रनको योगदान दिए । सो क्रममा उनले १२३ बल खेल्दै तीन छक्का र दुई चौका हाने । यसैगरी केसीले २६ बलमा ४२ रन बनाए ।  ९ रनमा दुवै ओपनरलाई गुमाएपछि कप्तान ज्ञानेन्द्र मल्ल र रोहितले नेपालको इनिङ्स सम्हालेका थिए । दुबैफे तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे । ओडीआईमा नेपालका लागि यो सर्वाधिक साझेदारी गरे । यसअघि २०२० मा कीर्तिपुरमा भएको अमेरिका विरुद्धको लिग २ को खेलमा विनोद भण्डारी र कुशल मल्लले छैटौं विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । २५औं ओभरमा ज्ञानेन्द्र र रोहितको साझेदारी टुट्यो । ७० बल खेलेका ज्ञानेन्द्र ३ चौका र २ छक्कासहित ४५ रन जोडेर पभेलियन फर्किए । त्यसपछि रोहितले एक छेउबाट इनिङ्स सम्हाले पनि अर्को छेउबाट विकेट झर्ने क्रम रोकिएन । विकेटकिपर विनोद भण्डारी १७, कुशल मल्ल १ र सोमपाल कामी ११ रन बनाएर आउट भए । सोमपाल आउट हुँदा नेपालको स्कोर १६६/६ थियो । तर आठौं नम्बरमा ब्याटिङ गरेका करण केसीले आ्क्रमक ब्याटिङ गर्दा नेपालले दुई सय रनको आँकडा पुरा गर्‍यो । सातौं विकेटका लागि रोहित र करणले ६६ रनको साझेदारी गरे । दुई खेलाडी रहँदासम्म नेपालले २५० रनको स्कोर बनाउने अपेक्षा गरिएको थियो । तर करण र रोहित ४९औं ओभरमा लगातार आउट हुँदा नेपालको रनको गति रोकियो । पीएनजीका चाड सोपरले दुवैलाई लगातार आउट गरे । करणले २६ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा ४२ रन जोडे । रोहितले १२३ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ८६ रन बनाए । त्यसपछि ५०औं ओभरको पहिलो बलमा विक्रम सोब १ रन बनाएर आउट भए भने तेस्रो बलमा सन्दीप लामिछाने खाता नखोली रनआउट भए । पीएनजीका लागि चाड सोपरले सर्वाधिक ३ विकेट लिए भने काबुअ मोरेअ र नर्मन भानुअले समान २ विकेट लिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय