Khabar Samachar

आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिबद्ध – प्रधानमन्त्री पुष्पकमल दाहाल

201
VIEWS

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निषेध, अपमान र प्रतिशोध नभई सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । प्रचण्डले देशमा भएका परिवर्तनहरुमा लोकतान्त्रिक र वामपन्थी शक्तिको भूमिका रहेको बताए । दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत मागेका छन् । मङ्गलवार दिउँसो १ बजे बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार आफूलाई विश्वास गरेर प्रधानमन्त्री बनाएकोमा धन्यवाद समेत दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रचण्डले हिजो क्रान्ति सुरु गर्दा जुन आवेग र अठोट थियो, बीचमा केही अलमल भए पनि अहिले त्यही जुन आवेग र अठोटका साथ रोष्टममा उभिएको बताए ।सिंहदरबारमा फोटो झुण्ड्याउन मात्र प्रधानमन्त्री नभएको भन्दै उनले भने, ‘हरेक पटक संसदमा म उपपब्धिको डेटा र रिपोर्ट कार्डका साथ उपस्थित हुने छु । मलाई विश्वासको मत दिएमा हरेक माननीयले गर्व गर्ने वातावरण बनाउनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित