सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेले पार्टीले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेपछि निरन्तर सदन अवरोध गर्दै आएको छ । एमालेलेलाई फकाउने प्रयासस्वरुप सापकोटाले सोमबार दिउँसो २ बजे बैठक आह्वान गरेका हुन् ।

सभामुख सापकोटाले आज आइतबार पनि एमालेका प्रमुख सचेतक, सचेतक र सांसद खगराज अधिकारीसँग कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि सहभागी गराएर छलफल गरेका थिए । तर, छलफलपछि पनि एमलेले संसद् बैठक अवरुद्ध जारी राख्यो ।

एमालेले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गरे संसद बैठक सहज वातावरणमा सञ्चालन हुने बताएको छ ।

सभामुखले उक्त माधवकुमार नेपालसहित सांसदको मुद्दा अदालतमा विचाराधीन रहेको विषयमा संसद्मा छलफल गर्न नमिल्ने बताउँदै आएका छन् । आजको छलफलमा सभामुख सापकोटालाई कानुनमन्त्री कार्कीले उच्चस्तरीय छलफल डाकेर समस्या समाधान गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय