आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकोणान्तमक शृङ्खला अन्तरगतको पहिलो खेलमा अमेरिकाले नेपाल लाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ  रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो। अमेरिकाका लागि विकेटकिपर मोनाङ्क पटेलले सर्वाधिक १ सय रनको पारी खेले । ९ चौका र एक छक्काको मद्दतले शतक बनाए लगत्तै उनी विक्रम सोबको बलमा क्याच आउट हुन पुगे । निसर्ग पटेलले २१ तथा सुशान्त मोदानी र कसरमा गोरले १६–१६ रन बनाए । नेपालका लागि विक्रम सोब , सन्दीप लामिछाने र सुशन भरीले २–२ विकेट लिए । कुशल मल्लले १ विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय