Khabar Samachar

Search
Close this search box.

आई लिग खेल्न मुम्बई पुगे नेपाली फुटबलर अञ्जन विष्ट

211
VIEWS

नेपाली फुटबल स्टार अञ्जन विष्ट भारतीय फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आई लिग खेल्न मुम्बई पुगेका छन् । नेपाली राष्ट्रिय टीमका नियमित सदस्य विष्टलाई भारतको सफल क्लब मुम्बई केन्क्रे एफसीले यो सिजनको अन्त्यसम्मको लागि सम्झौता गरेको थियो ।

नेपाली फुटबलमा सफल फर्वाड विष्टलाई मुम्बईमा स्वागत गर्दै मुम्बई केन्क्रे एफसीले आफ्नो अफिसियल फेसबुक पेजमा लेखेको छ, ‘नेपाल स्टार इन्टरनेशनल खेलाडी हाम्रो परिवारमा सामेल हुनुभयो ।’

केही समयअघि नेपाली ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी छाडेर उनी चर्च ब्वाईमा आवद्ध भएका थिए । यही बीचमा अफर आएपछि विष्ट मुम्बई पुगेका हुन् । मुम्बईमा आवद्ध भएपछि प्रतिक्रिया दिँदै विष्टले आई लिगमा खेल्न पाउनु गौरवको विषय भएको बताए ।

आई लिगमा आफूले प्रमाणित गरेर देखाउने उनको भनाइ छ । अन्तर्राष्ट्रिय फुटबलमा ११ गोल गरिसकेका विष्टले यो पटक आई लिगको कारण नेपाली ए डिभिजन लिगका केही खेल भने गुमाउने भएका छन् । चर्च ब्वाई प्लेयर विष्टले बढीमा सुरुका दुई चरणका खेल गुमाउनपर्ने भएको छ ।

मुम्बईमा आवद्ध भएसँगै विष्ट आई लिग खेल्ने चौथो नेपाली खेलाडी बनेका छन् । यसअघि राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ राउन्डग्लास पन्जाब एफसीबाट खेलिरहेका छन् । विमल घर्तीमगर र अनन्त तामाङले आई लिगमा सहभागिता जनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित