आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ। अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा १९६ रनमा अलआउट भयो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले ९० रनको योगदान दिए। आसिफले बिलाल खानबाट बोल्ड हुनुअघि ११२ बलमा ७ चौका र १ छक्का हिर्काए। आसिफको यो पहिलो एकदिवसीय अर्धशतक हो। अर्का ओपनर कुशल भुर्तेल शून्यमै आउट भए। कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोडे। ज्ञानेन्द्रले ३३ बलमा १ चौका हिर्काए।

रोहितकुमार पौडेलले २० रन जोड्दा विनोद भण्डारी ६ रनमै आउट भए।  सोमपाल कामी ७ रन, कुशल मल्ल ४ रन र विक्रम शोव २ रनमा आउट भए।  १० बलमा १ चौका र १ छक्का प्रहार गरेका सन्दीप लामिछाने १६ रनमा रनआउट भए। करण केसीले २१ रनको योगदान गरे। उनले ४८ बलमा १ चौका र १ छक्का हिर्काए। बलिङमा ओमानका बिलाल खानले चार विकेट लिन सफल भए। उनले १० ओभरमा १ मेडन राख्दा ४७ रन खर्चिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय