क्यानका ७ केन्द्रीय सदस्यले मागे अध्यक्षसहित ५ जनाको राजीनामा

203
VIEWS

नेपाल टी–२० लिगमा भएको भनिएको स्पट फिक्सिङलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) कै सदस्य र पदाधिकारीहरुले अध्यक्ष चतुरबहादुर चन्दसहितमाथि कारबाही माग गरेका छन्।

क्यानका सात जना सदस्यहरुले आइतवार सामूहिक विज्ञप्ति निकाल्दै स्पट फिक्सिङ जस्तो गम्भीर घटनामा अध्यक्ष चन्दले पनि गल्ती स्वीकारिसकेकाले थप कारवाही प्रक्रिया अघि बढाउनुर्ने माग गरेका हुन्।

नेपाल टी-२० लिगको जिम्मा भारतीय कम्पनीलाई दिएर नेपाली क्रिकेटलाई बदनाम गरेको आरोपसहित कार्यसम्पादन समितिमा रहेका चतुरबहादुर चन्द, प्रशान्त मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनीहरूको माग छ।राजीनामा माग्ने केन्द्रीय सदस्यमा ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छ्न्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित