अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रियाद्वारा आयोजित तीज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। अष्ट्रियाका लागि कार्यवाहक राजदूत ईला मैनालीज्यूको प्रमूख आतिथ्य भएको उक्त कार्यक्रममा अष्ट्रियामा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु,बिध्यार्थि, ब्यापारीहरुको उल्लेख्य  उपस्थिति थियो। मन्तव्यको क्रममा उनले तीजको सांस्कृतिक र सामाजिक महत्वको बारेमा आफ्ना भनाईहरु राखेकी थिइन्। स्वागत मन्तव्य उपाध्यक्ष नबिन कार्कीले गरेको उक्त कार्यक्रममा उपाध्यक्ष द्वय सम्झना बोहोरा र महासचिव शीला अधिकारीले कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरेर सबैमा आत्मीयता प्रदान गरे । उक्त कार्यक्रममा अष्ट्रियामा रहेका विभिन्न नेपाली संघ-संस्थाका पदाधिकारी र सल्लाहकारहरुलाई सम्मान, दोसल्ला र पुलका गुच्छा प्रदान गरिएको थियो।

कलाकारहरु कन्चन बोहोरा र विद्या टन्डनको जोडी र मुना गुरुङ, लारिसा तामांग अनि दिब्य ढकालको समुहले आकर्षक नृत्य गरेको थियो । कलाकारहरुको नृत्यपछि चेलीबेटीहरुले तीजको गीतमा कम्मर मर्काइमर्काइ नाचेका थिए । कार्यक्रमलाई संस्थाकी अध्यक्ष सन्तोषी भण्डारीले समापन गरेकी थिइन् । कार्यक्रममा साल्जवुर्गदेखि आफ्नो सम्पूर्ण परिवार लिएर एनआरएन अस्ट्रियाका १९-२१ का आइसिसि सदस्य राजकुमार उपाध्याय सहभागी भएका थिए । नेपाली संस्कृतिक भेषभुषामा र्याप, नृत्यलगायत अन्य आकर्षक कार्यक्रम, राफल चिठ्ठा, मुखै रसाउने नेपाली परिकारहरुले सहभागीहरुको मन जित्नु साथै संस्थाका पदाधिकारीहरु औपचारिक कार्यक्रम सकिएपछि पनि आगन्तुकहरुलाई गरेको आतिथ्यले धेरै चेलीबेटीहरुलाई माइतिघरको तिर्सना मेटेको अनुभव उपस्थित धेरैले व्यक्त गरेका थिए ।

इनास अष्ट्रियाको तीज दर कार्यक्रममा करीब ३०० सयको हाराहारीमा नेपाली र विदेशी पाहुनाहरुको सहभागिता थियो । स्टेजको अति आधुनिक ढंगले गरेको सजावट निकै राम्रो र कार्यक्रम हलको प्रकाश तथा ध्वनिको राम्रो व्यवस्थापनले कार्यक्रम निकै रमाइलो भएको एनआरएन अष्ट्रियाका उपाध्यक्ष कुमार अधिकारीले बताए भने कार्यक्रमको व्यवस्थापन पक्ष निकै राम्रो भएको र नेपाली संघसंस्थाले आयोजना गरेको कार्यक्रममा यति धेरै सहभागिता भएको सायद यो पहिलोपटक आफूलाई अनुभूति भएको अष्ट्रियामा बसोबास गर्दै आएका बाबुराम बिमलीले बताए ।

www.inas.global

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय