राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा बुधबारदेखि सुरू गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।

अधिकांश विद्यार्थीहरूले कोरोनाविरूद्ध खोप लगाएपछि परीक्षक सुरू हुन लागेको छ। प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो।यस पटक कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ। विद्यार्थीलाई होम सेन्टरको व्यवस्था मिलाइएको छ। यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको शर्माले बताए। बोर्डको (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र संक्रमण विस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको बताए। परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको उनको भनाइ छ।परीक्षा असोज ८ गते सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय