Khabar Samachar

रवि लामिछाने चितवन-२ को उपनिर्वाचनमा उम्मेदवार बन्ने

201
VIEWS

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गतेका लागि तय भएको प्रतिनिधि सभा उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नै उम्मेदवार बन्ने भएका छन्।

नागरिकता प्रकरणका कारण सांसद पद गुमाएका लामिछाने उपनिर्वाचनमा उम्मेदवार बन्ने रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए।

‘पार्टीको तर्फबाट सभापति रविजी नै उम्मेदवार बन्नुहुन्छ,’ बुर्लाकोटीले नेपालखबरसँग भने, ‘उहाँ हाम्रो लिडर हो, उहाँकै क्षेत्रमा अरु उठ्ने कुरा रहेन।’

यसबारे सोमबार बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने सम्भावना छ। पार्टी कार्यालय बसुन्धरामा सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको छ।

आइतबार विहान उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमा लामिछानेले उपनिर्वाचनबारे चासो राखेका थिए।

संयन्त्रको बैठक लगत्तै पार्टीका उपसभापति, महामन्त्रीसँग लामिछानेले छलफल गरेका थिए। त्यसको केहीबेरपछि निर्वाचन आयोगको बैठकले उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको थियो।

मंसिर ४ मा भएको निर्वाचनमा सोही क्षेत्रबाट लामिछाने निर्वाचित भएका थिए। तर नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनको मिति तोकेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित