Khabar Samachar

नामिबियाले नेपाललाई दियो २८६ रनको लक्ष्य

210
VIEWS

माइकल भान लिंगेनको शतकीय पारीमा नामिबियाले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनायो । नामिबियका लागि भान लिंगेनले शतकीय पारी खेले । १३७ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १३३ रन बनाए ।

गेहार्ड इरमुसले अर्धशतकीय पारी खेले । ७९ बल खेल्दै २ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए । त्यस्तै जेन ग्रिनले ३४ रन बनाउँदा जान फ्रिलिङ्कले १५ रन जोडे ।

बलिङमा नेपालका करण केसीले ५ विकेट लिए। करणले १० ओभरमा ६१ रन खर्चिए। सन्दीप लामिछानेले ३ विकेट लिए। लामिछानेले १० ओभरमा ६६ रन खर्चिए।

सोमपाल कामी र कुशल मल्लले १-१ विकेट लिए।

आजको खेलमा नेपालले जित निकाल्दै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । नामिबियाविरुद्ध नेपालले हालसम्म एकदिवसीय क्रिकेटमा जित निकाल्न सकेको छैन । दुई टोलीबीच चार खेल हुँदा एक खेल वर्षाका कारण रद्द भएको थियो भने तीन खेलमा नामिबियाले जित निकालेको थियो । यता नामिबिया पनि घरेलु टोलीलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित