Khabar Samachar

Search
Close this search box.

मैले घूस खाएको प्रमाणित गर, एक मिनेट पदमा बस्दिनँ – सुदन किराती

202
VIEWS

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा प्रकरणमा मुछ्न खोजिएको बताएका छन्।

पशुपतिको अचल सम्पत्तिकोरूपमा रहेको कागेश्वरी मनहरा नगरपालिकामा पर्ने जग्गाको अतिक्रमित भाग छाडेर बाँकी हालसाविक गर्न खोजिएको भन्दै प्रश्न उठिरहेको छ।

मन्त्री किरातीकै निर्देशनअनुसार हालसाविक गर्न खोजिएको भन्दै टिप्पणी हुन थालेपछि उनले घुस नखाँदा र नखुवाउँदा लाञ्छित गर्न खोजिएको बताएका हुन्।

‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला! प्रमाणित गर म एक मिनेट बस्दिनँ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित