ठमेल क्षेत्रमा गुण्डागर्दी तथा झगडा गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ठमेलकै ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरुङ छन् । उनलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।
उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यसअघि १५ असार २०८० मा क्लब ओम्नियाका सञ्चालक राजेन्द्रमाथि सानुभाइ समूहले आक्रमण समेत गरेको थियो । त्यतिबेला पक्राउ परेका सानुभाइ धरौटीमा रिहा भएका थिए । अहिले फेरि उनीहरु दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ ।































Discussion about this post