Khabar Samachar

Search
Close this search box.

समाजसेवा र म

293
VIEWS

शिशिर राज पाण्डे । समाजसेवा भनेको के हो ?  साधारण अर्थमा भन्ने हो भने निस्वार्थ रुपमा समाजको हितमा गरिने काम हो । समाज सेवा भनेको समाजमा रहेर मानवको सेवा गर्नु हो । यसको मतलब समस्यामा परेका मानिसहरूलाई मद्दत गर्नु हो । समाजको सामाजिक अवस्था सुधार गर्न व्यक्ति वा संस्थाले गर्ने सेवालाई ‘समाजसेवा’ भनिन्छ । यसले खाँचोमा परेका र पिडितहरूलाई मद्दत गर्ने जनाउँछ । यो स्वैच्छिक सेवा हो । समाजसेवाले गर्दा समाजको र देशको विकास हुन्छ । समाजसेवा गरे पछि मानिसले जनताबाट बदलामा केही आशा गर्दैनन् । यो सेवा मानवीय विचारमा र कुनै लाभको उद्देश्य बिना प्रदान गरिन्छ । व्यक्तिगत स्वार्थभन्दा समाजको हित महत्वपूर्ण हुनेहरू मात्र समाजसेवामा अगाडि आउनु पर्दछ जसले गर्दा समाजको र देशको विकास हुन्छ ।समाजसेवानिःस्वार्थरुपमा जीवनलाई समाजसेवामा समर्पित गर्नु जीवनको अर्को परिभाषा हुनसक्छ । प्रसिद्धिको आशाले, नामको आशाले र आर्थिक लाभको आशाले समाजसेवामा लाग्ने भित्री इरादा समयक्रममा समाजसामु उदाङ्गो हुन्छ । मानिसले बुझ्छन् समाजसेवामा कोही किन लागिरहेको छ– आत्मैदेखि वा व्यक्तिगत प्रसिद्धि वा आर्थिक प्राप्तिका निम्ति । समाजसेवाको आडमा राजनीतिक अभिष्ट पूरा गर्नेको पनि कमी छैन । समाजसेवालाई हृदयको गहिराइदेखि नै आत्मसात गरी जीवनका दर्जनौं बसन्त पार गरिसकेपछि पनि युवा ताजगी र ऊर्जाका साथ क्रियाशील हुन्छन् । सामाजिक भावना नभएका र पारिवारिक दायित्वबोध नभएका उमेरले तन्नेरीहरु पनि निराशाको दल–दलमा फँसिरहेको हामी देख्छौं । मानवहरुको एकआपसमा सम्बन्ध बनाउने एकआपसमा सहयोग गर्ने भाइचाराको आदर्शमा आधारित छ । संकटमा परेका मानिसहरूलाई सहयोग गर्नु नै समाज सेवा हो । यो एक महान कार्य हो । यसका लागि समय र शक्ति खर्च गर्नुपर्छ । आजकल मानिसलाई आफ्नो कल्याणको मात्र चिन्ता छ

मानिसहरू समाजमा बस्छन् र अरूको सहयोग चाहिन्छ । बदलामा समाज सेवा गर्नु कर्तव्य हो । यदि मानिसहरूले अरूको सेवा गर्छन् भने, अरूले तिनीहरूको सेवा गर्नेछन् । समाजसेवालाई सबै धर्मले प्रशंसा गरेका छन् । असल मानिसले समाजसेवा गर्छ भने नराम्रा मानिसले त्यसलाई त्याग्छन् । समाज सेवा समाज सुधार र विकासको उत्कृष्ट माध्यम हो ।

समाज सेवाले सरसहयोग र मिलेर बस्नु पर्छ प्रेरणा दिन्छ । हामी सबैले समाजलाई सहयोग गर्न केही समय निकाल्नु पर्छ किनकि त्यहाँ केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरू छन् । हामी आफ्नो क्षमताको आधारमा धेरै तरिकामा मद्दत गर्न सकिन्छ । समाज सेवाले गर्दा गरिब वा असक्त व्यक्तिहरुको आवश्यक्ता पूरा हुन्छ । यसले गर्दा समाज र देशको विकास पनि हुन्छ । समाज सेवाले गर्दा केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरूलाई बास, गास र कपासको व्यवस्था हुन्छ ।

सम्भव भएसम्म, सेवाहरूलाई व्यक्तिगत वा पारिवारिक स्वतन्त्रतामा हुने खतराहरू रोक्नको लागि पनि निर्देशित गरिन्छ । सामाजिक सेवाहरूले सामान्यतया परिवारहरूलाई तिनीहरूको स्थानीय समुदायहरूमा सँगै राख्न, नातेदार सम्बन्ध कमजोर हुँदा साथीहरू वा छिमेकीहरूबाट सहयोग मिलाउनमा उच्च मूल्य राख्दछ ।

समाज सेवा गर्नेहरूले समाजका सबैभन्दा दुखी , गरिव, असहाय, कमजोर र सीमान्तकृत व्यक्तिहरूको सहयोगका लागि काम गर्छन् । उनीहरूको अधिकारको प्रवर्द्धन गर्न, असमानताहरू हटाउन मद्धत गर्दछन । उनीहरुका जीवनमा रहेका चुनौती हटाएर गुणस्तरमा सुधार गर्न समाजसेवा गर्नेहरुले काम गर्दछन । यी कामहरूले सामाजिक कार्यकर्ताहरूलाई नैतिक रूपमा अगाडि बढन मद्दत गर्दछ ।

कहिलेकाहीँ भूकम्प, बाढी, पहिरो, आगालागी, हावाहुरी लगायतका आकस्मिक विपद् आइपर्दा मानिसलाई एक अर्काको सहयोग चाहिन्छ । यस्तो बेला सहयोग लिन र दिन अति आवश्यक हुन्छ । यस्तो बेला सहयोग भएन भने यसका कारण धेरै मानिसहरु बेघर हुन सक्दछन । गरिव हुनेमात्र होइन , ज्यान जाने खतरा पनि हुन सक्दछ । समाजमा हुनेयस्ता समस्यामा हातदिने काम हामीले गर्नु पर्दछ । यसका कारण नेपालमा समाजसेवा अति आवश्यक रहेको छ । उनीहरु यति लोभी हुन्छन् कि समाजबाट उनीहरु लिन मात्रै जान्दछन्, आफ्नो तर्फबाट समाजका लागि केही दिन चाहँदैनन् । तर, समाजलाई केही दिन उत्कट चाहना भएका विशाल हृदय भएका मानिसहरुबाटै समाजले गति लिने हो । सामाजिक भावना भएका व्यक्तिहरुले महानतम् जिम्मेवारी र विशाल जोखिमहरुले भरिएका कर्तव्यहरु आफ्नो काँधमा लिई फत्ते गर्छन् । आफ्ना कर्तव्यहरु पालना गर्नुलाई नै उनीहरु परम् सन्तोष प्राप्तिको बाटोको रुपमा लिन्छन्, अन्य केही पुरस्कारका आशा गर्दैनन् ।समाज सेवी फलाना र ढिस्काना भन्दै कार्यक्रम सञ्चालकले सम्मान गरेको देखका छौ । वास्तवमा के तिनीहरू सबै समाजसेवीको दायरामा पर्दछन् या समाजसेवीको बिल्ला राख्नको लागि साँच्चिकै हुन् त समाज सेवा भनेको परोपकार हो । परापूर्व कालदेखि नै समाज सेवाको थालनी इतिहासले देखाएको छ । ब्रह्माण्डभर समाज सेवाका प्रशस्त संघ तथा संस्थाहरू उम्रेका छन् ,समाज सेवी पनि त्यतिकै विश्वमा प्रख्यात समाजसेवीको सुची पनि छ तर यिनीहरू विश्वभरि नाम कमाएका छन् । तन, मन र धनले समाजप्रति भिजेका छन् र यिनीहरू राष्ट्रका विभूति कहलिन्छन् समाज सेवा मानवतासँग सम्बन्धित हुन्छ र मानवता प्रति देखाएको श्रद्धा नै समाज सेवा हुन् जान्छ । समाज सेवा र समाज सेवी सगरमाथा भन्दा पनि उच्च स्थानमा रहन्छन् समाज सेवाको भित्र स्वार्थ लुकेको हुनु हुँदैन र समाज सेवीको हृदय नाङ्लो जत्रो हुनु पर्छ ।

अहिले समाजमा रहेका पाका मानिसलेमात्र समाजसेवा गर्नु पर्दछ भन्ने छैन । साना उमेरका विद्यार्थीहरुका साथै सबै उमेर समुहका मानिसहरुले पनि आफनो क्षमता अनुसार समाजसेवा गर्न सिक्नुपर्छ । आपलनो घर वरपरको सरसफाई गर्न, आपतमा साथ दिन सबैले सक्नु पर्दछ । सबै मानिसहरूले आफनो घर अगाडिको सडक सफा गर्ने, आगो, डढेलो निभाउने, घाइतेहरूलाई प्राथमिक उपचार गर्ने, भीडभाड हुने ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने, बालबालिकालाई र बुढापाकालाई सडक पार गर्न मद्दत गर्ने अति आवश्यक काम गर्न सकेमा समाज सेवाको काम घरबाटै सुरु हुन्छ र यसबाट अरुलाई पनि सिर्का बन्न सकद्यछ । हामीले सामान्य कार्य वा सेवाहरूमात्र गर्न सकेमामात्र समाजसेवाको बाटो सजिलो बन्ने छ । त्यसैले हामी सबैले आफुले गर्न सक्ने काम आफै गर्ने गर्नु पर्दछ । यसले सामाजिक सेवाको लागि ठूलो अवसर प्रदान गर्दछ र पढेका कुरालाई दैनिक जीवनमा प्रोग गर्न सघाउँदछ । समाजमा रहेका हरेक पक्षलाई समन्वयमा ल्याई व्यक्तिले आफ्नो कर्तव्यप्रति लगाब लगाउनका लागि मैले मेरो जीवनलाई समाज सेवामा लगाउने निर्णय गरेको छु । समाजभित्र रहेका समस्या र तिनको समाधानमा खेल्नु पर्ने भूमिका निर्वाह गर्न, समाजमा मेलमिलाप कायम गरी कार्य गर्न अनि व्यक्ति सामाजिक रहन सहनमा घुलमिल बनाउने इच्छा भएकाले मेरो जीवनलाई समाजसेवामा समपर्ण गर्ने इच्छा बनाएको छु । समाजभित्र सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, शारीकि, मानसिक, नैतिक, शैक्षिक आदि समस्या हुन्छन् । समाजका यस्ता समस्याहरूलाई पूरा गर्नका लागि विविध पेसामा आवद्ध व्यक्तिलाई सक्रिय बनाएर समाज सेवामा लाग्न प्रेरितः गरी त्यसमा अगाडि वढाउने लक्ष्य लिएको छु ।

हाम्रो समाज आजसम्म पनि विकसित र उन्नतशति बन्न सकेको छैन । बाटोघाटो, यातायात, शिक्षा, स्वास्थ्य आदिमा अभाव रहेको छ। अन्धविश्वास र चेतनाबाट अभी समाज माथि उठ्न सकेको छैन । समाजभित्र रहेका अन्धविश्वास र चेतनाको अभावले ज पनि ग्रामीण जनताले मुक्ति पाउन सकेका छैनन् । यसको मुक्तिका लागि म एक सच्चा समाजसेवक बन्न चाहन्छु । समाजमा रहेका भिन्नता, उचनिच व्यबहार लगायत धेरै विषयमा ज्ञान आर्जन गर्न सकेका छैनन् । यस्ता यावत व्यक्तिहरूलाई सामाजिक कार्यमा लाग्न आफू सक्रिय भई उत्प्रेरित गर्दछु । विविध पेसामा संलग्न व्यक्तिहरू समाजसेवालाई आफ्नो जीवन बनाएर अमर बनेका छन् । फ्लोरेन्स नाइटिङ्गेलको नर्सबाट गरेको सेवा होस् या दयावीर सिंह कसाकारको यी समाजसेवामा समर्पित व्यक्ति हुन् त्यसैले म पनि एक निस्वार्थी व्यक्तिका रूपमा समाजसेवामा लागि सहयोग र सद्भाव कायम गर्ने लक्ष्य बोकेको छु। स्वार्थी कुरालाई टाढा राखेर रोग, भोग, अन्याय, अत्याचार, विकृति, विसद्गति हटाउनका समाजसेवा गर्ने लक्ष्य मैले राखेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित