Khabar Samachar

Search
Close this search box.

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

205
VIEWS

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आइतबार बिहान राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भेटवार्ता भएको हो।

प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

राष्ट्रपतिको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले भेटमा तुर्कमेनिस्तानमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका कुराहरूबारे जानकारी गराएका हुन्।

साथै उनीहरूबीच समसामयिक अन्य विषयमा पनि कुराकानी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित