Khabar Samachar

Search
Close this search box.

बेलायती पूर्वराजदूत म्यान्डेलसन पक्राउ

205
VIEWS

बेलायतका पूर्व राजदूत पिटर म्यान्डेलसन पक्राउ परेका छन्।

जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमा उनको नाम पनि मुछिएपछि सोधपुछका लागि पूर्वराजदूत म्यान्डेलसनलाई सोमबार पक्राउ गरिएको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार म्यान्डेलसन एपस्टिनबीच भएको संवादहरू सरकारले प्रहरीलाई उपलब्ध गराएको थियो।

सोही अनुसार अनुसन्धानका लागि ७२ वर्षीय म्यान्डेलसनलाई सोमबार बिहान उनकै घरबाट पक्राउ गरिएको हो।

त्यतिबेला सादा पोसाकमा प्रहरीहरू क्याम्डेनस्थित म्यान्डेलसनको घर पुगेका थिए। प्रहरीहरूले नै उनलाई निवासबाट बाहिर ल्याएर गाडीमा हालेर प्रहरी कार्यालय लगेका थिए।

प्रहरीले दिनभरि सोधपुछपछि उनलाई अनुसन्धान जारी रहने सर्तमा जमानतमा रिहा गरेको छ। उनीमाथि  सार्वजनिक पदमा रहँदा दुराचार गरेको आरोप छ।

यसअघि एपस्टिन प्रकरणमै राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टब्याटन-विन्डसर पक्राउ परेका थिए। उनलाई पनि सोधपुछपछि प्रहरीले छाडेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित