प्रतिनिधिसभा निर्वाचन नजिकिएका बेलामा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तथा देउवा पत्नी कांग्रेस नेतृ डा. आरजु राणा देउवा मुलुक बाहिर छन् । आरजु विगत ५ दिनदेखि दक्षिणी छिमेकी राष्ट्र भारत भ्रमणमा छिन् भने देउवा बुधबार राति स्वास्थ्योपचारको फलोअपका लागि सिंगापुर उडेका छन् ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते भएका देउवा स्वास्थ्योपचारका लागि कात्तिक १० गते सिंगापुर गएका थिए । त्यो बेला १८ दिन उपचार गरेर कात्तिक २८ गते नेपाल फर्किएका देउवा फेरि फलोअपका लागि सिंगापुर उडेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
यता देउवा पत्नी आरजु भने विभिन्न मठ मन्दिरमा पुजाँआजाका लागि विगत ५ दिनदेखि भारत भ्रमणमा छिन् । उनको भारतको उज्जेनमा अवस्थित महाकालेश्वर मन्दिमा दर्शन गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा आएको छ । उनी अझै ५ दिनजति भारतमै रहने निकट स्रोतले जानकारी दियो ।
बाहिर निर्वाचन छल्नका लागि विदेश उडेको चर्चा परिचर्चा भए पनि देउवानिकट स्रोत भने निर्वाचन अघि नै फर्कने तालिका छ ।
































Discussion about this post