Skip to main content

Khabar Samachar

Search
Close this search box.

विप्लव नेतृत्वको नेकपाबाट ६७ नेता माओवादी प्रवेश

211
VIEWS

विप्लव नेतृत्वको नेकपाबाट ६७ नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका तत्कालीन पूर्व पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्।

आज बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको टिका लगाएर उनीहरुले पार्टी प्रवेश गरेका हुन् ।

नेता पुनसँगै पार्टी परित्याग गरेका केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियारलगायत विप्लवको पार्टीबाट ६७ जना कार्यकर्ताले माओवादीमा प्रवेश गरेका छन् ।

नेता पुन, केन्द्रीय सदस्य खड्का, धामी र परियारले गत बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

विप्लव नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पुन पूर्वपोलिट्ब्यूरो तथा सेती महाकाली ब्यूरो इन्चार्ज थिए भने पार्टीनिकट किसान र सुकुम्बासी संगठनको अध्यक्षसमेत रहेका थिए ।

पूर्वसभासद र सेती ब्यूरो इन्चार्ज भइसकेका खड्का केन्द्रीय सदस्य थिए भन् धामी केन्द्रीय सदस्य र परियार भने दार्चुला र कञ्चनपुर जिल्ला इन्चार्ज रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित